पोखराको खाजाघरमा जुवतास खेलिरहेको अवस्थामा ८ जना व्यक्ति नगदसहित पक्राउ परेका छन् ।
मंगलबार बेलुका अाठ बजे कास्की पोखरा ४ कालिमाटीचोकस्थित राम कुमारी पराजुलीले संचालन गर्दै आएको मझेरी खाजा घरमा जुवातास खेली रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सो खाजघरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ८ जनालाई ३ बुक तास र नगद एक लाख चार हजार ३६० सहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।




