खत्रीले कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने पोखरा ।
व्यवसायी तथा विकासप्रेमी युवा नेता केशवबहादुर खत्रीले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्मर ३ को क बाट प्रदेश अधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् ।
पोखरा महानगरपालिका २५ बाट प्रतिनिधि छनोट भएका खत्रीले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई नमूना कांग्रेस बनाउने नयाँ सोच भएकोले आफू यसपटक प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने सोच बनाइसकेको हुनाले यसमा सबै नेपाली कांग्रेस क्षेत्र न ३ क का वडा सभापति लगाएत क्षेत्रिय प्रतिनिधि कास्की कांग्रेसका कार्यकर्ताहरुले साथ र सहयोग दिने कुरामा आफु ढुक्क रहेको बताए । नमूना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि सम्पूर्ण परिवर्तनशिल कांग्रेस कार्यकर्ताहरु समक्ष आफूलाई प्रदेश प्रतिनिधिमा भोट दिई विजय बनाउन खत्रीले आग्रह गरेका छन् ।
अहिले क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आएका कार्यकर्ता पनि परिवर्तनशिल सोचका भएकोले आफूलाई निर्वाचित गराउनेमा खत्री विश्वस्त रहेका छन् । खत्री हाल पोखरा उद्योग वाणिज्य संघको उप महासचिव वुद्ध बिशाल बजार व्यापारिक एशोशियसनको अध्यक्ष फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीको पुर्व अध्यक्ष तथा सल्लाहकार लगाएत विभिन्न सामाजिक संस्थाहरुमा पनि आवद्ध रहेका छन् । करीब तिन दशक भन्दा बढी नेपाली काग्रेसमा सक्रिय भएर बिताएका खत्रीले कास्की कांग्रेसको पाट्र्री कार्यालय पुनःनिर्माणमा आर्थिक रुपमा नेपाली कांग्रेस कास्कीलाई बिशेष योगदान गरेका थिए ।




