बसन्त शेर्पा पोखराः नेपाली कांग्रेसका कार्यकर्ताहरुवीच यतिखेर कांग्रेसको १४ औं महाधिबेशनको माहौलले चर्चा पाएको छ । महाधिवेशनमा जित हात पार्न उम्मेदवारहरु कार्यकर्ता र शुभचिन्तकहरुसँग मत माग्नमा व्यस्त छन । उम्मेदवारहरु भेटघाट, मत माग्नमा लागि परेका छन ।
मंसीरको चिसोमा चुनावी माहौलको गर्मि बढि रहेको वेला पोखरेली युवा व्यवसायी भेनिस थापाले पनि आफुलाई चुनावी माहौलमा उम्मेदवारको रुपमा खडा गरेका छन । पर्यटन व्यवसायी थापाले आफु नेपाली कांग्रेसको उच्च नेताहरुले देखाएको आर्दस, सिद्धान्त र मूल्य मान्यताका साथ कांग्रेसको उचाई बढाउन लागि पर्ने बताउँदै मत दिएर महाधिवेशन प्रतिनिधिमा जिताउन आग्रह गरेका छन ।
नेपालको जेठो पार्टी नेपाली कांग्रेसवाटै नै देश र जनताको विकास संभव भएको वताउँदै थापाले मत दिएर जिताएमा ईमान्दारिताका साथ पार्टी र जनताको सेवामा समर्पित रहने प्रतिवद्धता जनाएका छन ।
देशको विकासको लागि बिज्ञान, प्रविधिसँगै दक्ष जनशक्तिको खाँचो रहेको वताउँदै अर्थतन्त्रको बलियो भएमा मात्रै सुखी, समृद्धि, समुन्नत देश र जनता हुने वताए ।
कांग्रेस महाधिवेशनमा मत दिएर जिताउन युवा व्यवसायी थापाको आग्रह
कांग्रेस महाधिवेशनमा मत दिएर जिताउन युवा व्यवसायी थापाको आग्रह
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




