सोसल मिडियामा भाइरल भएका तान्जानियाका दाजु बहिनीले बलिउडमा अफर पाएका छन् ।
सङ्गीत निर्देशक तनिष्क बागचीले ‘किली पल’ लाई मेसेज गरेर सँगै काम गर्ने अफर दिएका छन् । किलीले यो मेसेजको स्क्रिनसट पनि आफ्नो इन्स्टा स्टोरीमा सेयर गरेका छन् । किली र उनकी बहिनीको भिडियो निकै चर्चित हुने गर्छ । बलिउड कलाकारले पनि उनीहरुको भिडियो सेयर गर्ने गर्छन् ।
तनिष्कका सङ्गीत निर्देशनमा नै शेरशाहको गीत रातां लम्बियां बनाइएको हो । जब किली र उनकी बहिनीले यसमा लिप्सिङ गरे तब यो भाइरल भयो । तनिष्कले मेसेज गरेर किलीलाई यो तपाईंहरु दुबैको भिडियो हो भनेर सोध्दा किलीले जवाफ दिए, ‘हो, तर दुःखको कुरा कसैले पनि क्रेडिट दिँदैनन् । ’




