• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

पोखराको भलाममा पनि पर्त्येक वर्ष शतबीज छर्ने भक्तजनहरुको भिड [ तस्विर सहित ]

  •  संवाददाता
  • शुक्रबार, मंसिर १७, २०७८ मा प्रकाशित
    Advertisement

    प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । पोखराको भलाममा पनि पर्त्येक वर्ष शतबीज छर्ने भक्तजनहरुको भिड हुने गरेको छ ।

    त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाइन्छ ।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको बिहीबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ ।

    आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

    शतबीज भनिएपनि हाल सप्तबीज ९धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो० छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् ।

    “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उनले भने । वाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

    यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

    त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

    आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

    माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाए । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आजा त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको जनाइएको छ https://youtu.be/NP2nXrItSiI

    शुक्रबार, मंसिर १७, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.