पोखरा । पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँले भवन निमार्णदेखि
सहयोग कोषसम्म खडागर्नका लागि आयोजना गरेको महायज्ञ सुरु भएको छ ।
एक कार्यक्रमका बिच आइतबार देखी सुरु भएको महायज्ञ पुस ४ गतेसम्म चल्ने छ । महायज्ञको
अवसरमा बोल्दै गण्डकी प्रदेश सरकार भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री
चन्द्र बुढाले विसम् परिस्थतीमा यस्ता कार्याक्रम गर्दा सबैलाई फाइदा हुने धारणा राखे ।
यस्ता कार्याक्रम टोल टोलमा गर्दा विकास निर्माणको लागि सहज हुने उनको भनाई थियो ।
उनले कोभिडबाट उठ्नै खोज्दा पुनः ओमिक्रानो भेरियन्टले त्रास फैलाइरहँदा
महायज्ञ जस्तो धार्मिक कार्यक्रमले मानिसको मन मस्तिस्कमा सकरात्मक उर्जा भर्ने काम गर्ने
बताए ।
पोखरा महानगरपालिका १५ का वडा अध्यक्ष प्रकाश पौडेलले यस्ता कार्याक्रममा
महानगरपालिकाले सहकार्य गर्ने बताए । वडा सदस्य पार्वती कार्कीले कार्याक्रमको सफलताको
शुभकामना दिदै तल्लो जनशक्ति टोल नयाँ गाउँले उत्कृष्ट काम गरेको बताइन् ।
कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष धन बहादुर गुरुब, पोखरा १५
कांग्रेसका अध्यक्ष शुशील पराजुली, महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नरहरी सुबेदीको
अध्यक्षतामा कार्याक्रम संचालन गरिएको थियो । हायज्ञ मुल आयोजक समितिका महासचिव हरी
कार्कीले कार्याक्रम संचालन गरेका थिए ।
सोमबारबाट भने दिग्दर्शक वाचक शिरोमणि पण्डित दीपक सापकोटाको मुखार विन्दुबाट गणेश
महापुराण प्रस्तुती हुनेछ ।
महायज्ञबाट १ करोड आम्दानी गर्ने लक्ष्य राखिएको छ । बहुउदेश्यीय भवन निमार्ण गर्ने,
जेष्ठ नागरिक केन्द्र व्यवस्थापन, नगर स्तरीय केन्द्र व्यवस्थापन, नगर स्तरीय पुस्तकालय निमार्ण,
शिक्षा, रोजगार, कृषि लगायत प्रशिक्षण कक्ष निमार्ण, पुराना सामाग्री प्रदर्सन कक्ष, नगर स्तरीय
सहकारी कक्ष, असाहय अशक्त आदिलाई खाद्यान्न स्वास्थ्य तथा शिक्षामा सहयोग कोर्ष निमार्ण
गर्न तथा आधुनिक टोल निमार्ण गर्नका लागि महायज्ञको आयोजना गरिएको हो ।
एक हप्तासम्म चल्ने महायज्ञको यज्ञस्थलबाट शोभा यात्रा सहित कार्यक्रमको सुभारम्भ गरिएको
भवन निमार्ण खडागर्नका लागि पोखरा १५ तल्लो जनशक्ति टोलमा महायज्ञ सुरु
भवन निमार्ण खडागर्नका लागि पोखरा १५ तल्लो जनशक्ति टोलमा महायज्ञ सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




