पोखरा । पर्वतमा निर्माणधिन मोदी हिमाल हाइड्रोपावरमा काम गर्ने क्रममा करेन्ट लागेर ३२ वर्षीय मजदुरको मृत्यु भएको छ ।
पर्बत जिल्ला फलेबास नगरपालीका वडा नम्बर ४ मणिकुवा स्थायी घर भई कास्की जिल्ला अन्नपुर्ण गाउपालिका-५ नयाँपुल बस्ने अन्दाजी ३२ वर्षको गङ्गा बहादुर नेपाली पर्वत जिल्ला मोदी गाउँपालीका-२ मा निर्माणाधिन मध्य मोदी हिमाल हाईड्रो पावर को TEL LESS टनेलमा काम गर्ने क्रममा अचानक करेन्ट लागी पानीमा ढुबी मङ्सिर २७ गते बिहान १० बजेदेखि बेपत्ता भएका थिए ।




