मुटुमा समस्या देखिएपछि उनले सन्यासको घोषणा गरेको मार्काले जनाएको छ। साथै अग्वेरोले फुटबल क्लब बार्सिलोनाबाट पनि विदा लिएका छन्।
बार्सिलोनाबाट अक्टुबर ३० मा लिग खेल्ने क्रममा मुटुमा समस्या आएयता उनी फुटबल मैदानबाट बाहिर थिए।
३३ वर्षे अग्वेरोले बार्सिलोना जानुअघि इन्डिपेन्डेन्टे, एट्लेटिको म्याड्रिड, म्यानचेस्टर सिटीबाट खेलेका थिए।
सिजनको सुरुवातमा बार्सिलोनामा आबद्ध भएका उनले सबै क्लबमा गरि ६ सय ६६ खेल खेल्ने क्रममा ३ सय ७९ गोल गरेका थिए भने १ सय ४६ एसिस्ट गरेका थिए।
गत अक्टावेर ३० मा स्पेनिस ला लिगामा एलाभेसविरुद्धको खेलपछि उनी मैदानबाट बाहिरिएका थिए। त्यतिबेला उनी ३ महिना मैदान बाहिर रहने बताइएपनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि फुटबलमा उनको भविष्य शंकास्पद बनेको थियो।
बार्सिलोनामा उनले यो सिजन पाँच खेलमा एक गोल गरेका छन् ।




