पोखरा महानगरपालिका १५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टलमा बालकले राति ओछ्यानमा पिसाब गरेको भन्दै बालकको लिङ्गमा रबरले बाँधेर यातना दिएको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थायी घर भइ हाल पोखरा १४ बस्दै आएकी २७ वर्षीया जानुका नेपाली रहेकी छिन्।
कास्कीका निमित्त प्रहरी निरीक्षक तथा प्रहरी प्रवक्ता दिपक केसीका अनुसार उक्त होष्टलको वार्डेनसमेत रहेकी नेपालीले राति सुत्दा ओछ्यानमा पिसाब गर्छ भन्दै ६ वर्षीय बालकको लिङ्गमा रबरले बाँध्नेर यातना दिने गरेको भन्ने जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थपको अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको केसीले बताए।




