कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा भीक्षा माग्दै हिड्ने एक व्यक्तिको हत्या भएको छ। बाग्लुङ नगरपालिका वडा नं। ६ लहरे पिपल घर भइ हाल घान्द्रुकमा भीक्षा माग्दै हिंड्ने ५७ वर्षीय शिव परियारको हत्या भएको हो। उनको शव गत शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा रहेको चिहानघाटमा फे’ला परेको थियो ।
घटनापछि अनुसन्धानका लागि घान्द्रुक पुगेको प्रहरी अधिकृत सहितको टोलीले ह’त्या गरेको अभि’योगमा मृ’तक परियारसँगै हिँड्ने एक व्यक्तिलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । परियारको ह’त्यामा संलग्न रहेको आ’रोपमा प्रहरीले उनीसंगै हिड्ने बाग्लुङ नगरपालिका वडा नं। ९ कुवापानी घर भएका ३६ वर्षीय अर्जुन विकलाई प’क्राउ गरिएको प्रहरीको दाबी छ।
मादक पदार्थ सेवन गरेपछि भएको आपसी विवादमा बिकले परियारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।




