पोखरा । पोखराका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट पुष ८ गते खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागू औ’षधसहित २ जना व्यक्तिहरूलाई प’क्राउ गरेको हो ।
प’क्राउ पर्नेमा रुपन्देही जिल्ला ४ घर भई हाल कास्की जिल्ला पोखरा १६ जैमुरीचोक बस्ने ३२ वर्षको अनिल खड्की रहेको छ । खड्कीको साथबाट लागूऔषध नाईट्रोभेट चक्की – ८०५ चक्की, डाईजापाम-२१ एम्पुल,फे’नारगन- २० एम्पुल र नर्फिन-२१ एम्पुल गरी जम्मा ६२ एम्पुल बरामद भएको हो । खड्कीलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट सात (७) दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।
यस्तै कास्की १७ ड्यामसाईड बस्ने ३५ वर्षको दिपक भारती पक्राउ भएको हो । भारतीको साथबाट लागू औषध डाईजापाम- १८ एम्पुल, फेनारगन-१८ एम्पुल र न’र्फिन-१८ एम्पुल गरि जम्मा ५४ एम्पुल बरा’मद भएको हो । भारतिलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट दश (१०) दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की जिल्लाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।




