काठमाडौं। विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आईडी बनाएर अनलाइन ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१० बस्ने वर्ष २३ को रमेश थारु रहेका छन्।
उनले विभिन्न व्यक्तिहरुको नागरिकताको कपी दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाई ‘डीएसएलआर’ क्यामेराको खरिद तथा बिक्री गर्न आकर्षक विज्ञापन राखेर ठगी गरेको प्रहरीले जनाएको छ।
ग्राहकहरुले सामान डेलिभरी गर्नुपूर्व केही रकम आईएमई पे एप, इसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहीन भई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।




