बसन्त शेर्पा, मुस्तांग चोक फुटसलद्वारा आयोजना गरिएको अन्डर १९ फुटसल खेलमा बार इस्कवाटलाई पराजित गर्दै मुस्ताङ् चोकले उपाधि जितेको हो ।
पोखराको पुरानो फुटसल मुस्तांग चोक फुटसल द्वारा आयोजित अन्डर १९ फुटसल नया वर्षाको अबसरमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथिति जिल्ला खेलकुद विकास समिति कास्की तोरण बानिया रहेका थिए । भेटघाट, सदभाव र सम्बन्ध सुदृढ गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता सौहार्द रुपमा सफलताको शुभकामना दिनुभएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक बेन्नी बिज आइस क्रीम रहेको थियो ।
प्रतियोगितामा स्थानीय बिस समूहको सहभागिता रहेको मुस्तांग चोक फुटसलका संचालक कमल बराल ले जानकारी गराए ।
फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरमा भएको थियो । टाइब्रेकरमा मुस्ताङ्ग चोक ३ –२ ले विजयी बन्यो ।
उपाधिसँगै मुस्तांग चोकले तीस हजार रुपैया साथै ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । बार इस्कवाटले बिस हजार रुपैया साथै ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । बार इस्कवाटका बिशाल गुरुङ उत्कृष्ट गोलकिपर ठहरिए । मुस्ताङ्ग चोक फुटसलका बिशाल थापा [पेले] सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी संजोक गुरुङ मुस्ताङ्ग चोक फुटसलका रहेको थियो।प्रतियोगिताको एमर्जिंग खेलाडी उत्सव रोक्का चुनिए ।




