नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन।
प्रचण्डलाई नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रस्ताव गरेका थिए ।
श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ।
उनी जनयुद्धदेखि लगातार पार्टीको नेतृत्व तहमा छन्।
यसैबीच, माओवादी केन्द्रका नवनिर्वाचित केन्द्रीय समितिका सदस्यहरूले शपथ लिएका छन्।




