बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्ण पदक जितेका छन्।
बंगलादेश गोजुरियो कराँते डो संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि।जी। अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागि कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई काँस्य पदक जितेका हुन् ।
प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमितेमा काँस्य पदक जितेका थिए। यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी। कुमितेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी। कुमितेमा काँस्य पदक जितेका थिए।
निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ। जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ।




