सिरी ए क्लब युभेन्ट्सले कोपा इटालीया कपमा सहज जित पाएको छ । मंगलबार राति टुरिनस्थित घरेलु मैदान एलिएन्ज मैदानमा भएको खेलमा युभेन्ट्सले साम्पोडियालाई ४(१ अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सको जितमा जुआन कुआड्राडो, डानियल रुगानी, पाउलो डिबला र अल्भारो मोरटाले १(१ गोल गरे । भ्रमणकारी टोलीका लागि आन्द्रेआ कोन्टीले सान्त्वना गोल गरे ।
खेलको २५औं मिनेटमा जुआनले सुरुआती अग्रता दिलाए । रुगानीले ५२औं मिनेटमा अग्रता २(० को बनाए । तर कोन्टीले गोल गर्दै दूरी २(१ मा झारे । तर स्टार खेलाडी डिबलाले ६७औं मिनेटमा गोल गर्दै सहज जिततर्फ डोर्याए । पाएको पेनाल्टीलाई मोरटाले सदुपयोग गर्दै ७७ मिनेटमा चौथो गोल गरे ।
युभेन्ट्सले कोपा इटाली कपमा सहज जित
युभेन्ट्सले कोपा इटाली कपमा सहज जित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




