पोखरा । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा एक जनाको निधन भएको छ भने ७०३ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा कास्कीमा ३६५ जना,स्याङ्गजामा थप ८५ जना, तनहुँमा ८३, गोरखामा ५८ जना,नवलपुरमा ४६ जना,म्याग्दीमा १९ जना,लमजुङ्गमा ३० जना , बागलुङमा ११ जना, पर्वतमा ५ जना र मुस्ताङ्गमा १ जना नयाँ सं’क्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार, गएको पुष २४ गते कोरोना संक्रमित भै लमजुङ जिल्ला अस्पतालमा भर्ना भएर उपचार गर्दै आएका लमजुङ जिल्लाको मर्स्याङ्दी गौपालिका वडा नम्बर ६ घर भएका ८७ वर्षीय वृद्धको नि’धन भएको हो। यो संगै गण्डकी प्रदेशमा हालसम्म एकहजार चार सय २९ जनाको कोरोना संक्रमणबाट निधन भएको निर्देशनालयले जानकारी दिएको छ।
निर्देशनालयले नै दिएको अर्को जानकारी अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ। त्यसमा पनि गण्डकी प्रदेशको राजधानी रहेको पोखरामा को’रोनाको संक्रमणदर तीब्र रहेको छ। गण्डकी प्रदेशमा कोरोना संक्रमण दर तीब्र रहेका जिल्लाहरुमा स्याङ्गजा,तनहुँ र गोर्खा रहेका छन् ।




