जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको मृत्यु भएको छ ।
बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको ज्या’न गएको हो । मृ’त्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । त्यस्तै, घ’टनामा परी तीनजना घा’इते भएका छन् । ढिस्को खसेर पाँचजना पु’रिएकोमा दुईजनाको अस्पताल पु(याएपछि मृ’त्यु भएको हो ।
घटनामा परी घाइते हुनेहरुमा केशव पुरी,अशोक गाहा र अन्य एक जना रहेको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले ‘उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए । स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कु’ना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।




