पोखरा । पोखराको फेवातालमा विदेशी नागरीक मृ’त अबस्थामा फेला परेका छन् ।
बेलायतको नागरिक रहेको उनको साथमा भेटिएको झोलामा रहेको पासपोर्टबाट थाहा भएको कास्की प्रहरीले जनाएको छ ।
कास्की जिल्लाका डिएसपी सुन्दर तिवारीका अनुसार पासपोर्टका अनुसार ति पुरुष ४६ वर्षीय मार्क सुट रहेका छन् । उनी २०१९ मै नेपाल आएको थाहा भएपनि अन्य जानकारी नखुलेको डिएसपी तिवारीले जनाए ।
पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा तै’रिरहेको अवस्थामा मार्क भेटिएका थिए । बिहिबार दिउँसो साढे १२ बजेतिर डुंगा चालक रामचन्द्र परियारले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । मार्कको श’व स’ड् लागेको अवस्थामा भेटिएको थियो ।
मार्कको श’वलाई पो’ष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाईएको छ भने उनको शरीरमा बाहिरी चोटपटक नरहेको र पो’ष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी तिवारीले जानकारी दिएका छन् ।




