पोखरा । पोखराबाट अवैध १ किलो सुनसहित एक जना युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ आउदै गरेको ग १ ख २९६९ नम्बरको हाइस माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले पोखरा(३० पावर हाउस चोकमा शनिबार राति जाँच गर्ने क्रममा युवाको साथबाट सुन ब’रामद गरिएको प्रहरीले बताएको छ ।
प’क्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १५ रामबजारका २५ वर्षीय रेशम सुनार रहेका छन् । सुनारको साथबाट करिब एक किलो बराबरको बिस्कुट आकारको सुन बरामद भएको हो ।
उक्त सुनको हाल बजार मूलय करीब ८० लाख रुपियाँ बराबरको रहेको बताइएको छ । सुनारलाई प’क्राउ गरि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।




