निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन पीएसजी सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ ।
निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४–४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो ।
निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको क्वार्टफाइनल यात्रा पक्का गरेका थिए ।
बुल्का पिएसजीबाटै लोनमा निस गएका थिए । निसले यस जितसँगै पिएसजीको सबै खाले प्रतियोगिता गरि १४ खेलको अपराजित यात्रामा समेत पूर्णविराम लगाइदिएको छ ।




