सुनसरीमा बस र ट्रक ठोक्किँदा तीन जनाको निधन अन्य १३ जना घाइते भएका छन् ।
भोक्राहा नरसिंह नगरपालिका वडा नम्बर ३ र ६ को सीमा क्षेत्रमा पर्ने खुनिया खोला पुलमा ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ना ५ ख २९९६ नम्बरको ट्रक र ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका हुन् । ट्रक र बस ठोक्किएपछि दुवैमा आगो लागेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बसका चालक, ट्रकका चालक र बसमा रहेका एक जना रहेका र उनीहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।




