इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । चेल्सीले पाल्मेइरसलाई २–१ ले पराजित गर्दै पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो ।
शनिबार राति साउदी अरेबियाको आवुधावीस्थित मोहम्मद विन जायद रंगशालामा भएको फाइनलमा निर्धारित समयको १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समया लम्विएको थियो । अतिरिक्त समयमा काइ हाभर्ट्जले गोल गर्दै उपाधि जिताएका हुन् ।
खेलको ५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । तर, ६४औं मिनेटमा राफयल भेइगाले पेनाल्टीमा गोल गर्दै पाल्मेइरसलाई १–१ गोलको बराबरीमा ल्याए । ११७औं मिनेटमा काईले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई च्याम्पियन बनाए ।
क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।




