काठमाडौं। यूइएफए च्याम्पियन्स लिगमा आजदेखि प्रि–क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् ।
आज हुने पहिलो लेगमा दुई खेल हुँदैछन्। आज राति १ बजेर ४५ मिनेटमा पीएसजी र रियल मड्रिड तथा म्यानचेस्टर सिटी र स्पोर्टिङबीच प्रतिस्पर्धा हुन लागेको हो।
पीएसजी फ्रान्सको स्टार क्लब हो जहाँ रियल मड्रिडकै पूर्व कप्तान सर्जियो रामोस, लियोनल मेस्सी, नेमार, एमबाप्पेजस्ता स्टार खेलाडी समावेश छन्। पीएसजीले यस सिजनको लिग वान जित्ने सम्भावना बोकेको छ ।
उता रियल मड्रिडले पनि ला लिगा उपाधि उचाल्ने सम्भावना देखिएको छ। घरेलु लिगमा यी दुवै क्लब शीर्ष स्थानमा रहेका क्लब हुन ।
मड्रिडमा पनि बेन्जेमा, मोड्रिच, भिन्सियस जुनियर, मार्सेलो, क्रुजजस्ता स्टार खेलाडीहरु छन् ।
आज यो खेललाई निकै चासोका साथ हेरिएको छ ।




