१६ औं सफल पोखरा म्याराथनको उपाधी केन्याका धावक स्टेफन कोसगेई र महिला हाफ म्याराथनको उपाधी नेपाली पुलिसकी राजपुरा प्रसाँईले जितेकी छिन् ।
भुतपुर्व खेलाडी मञ्च कास्कीको आयोजनामा भएको म्याराथनमा केन्याली धावकले नयाँ किर्तिमानी कायम समेत गरेका छन् ।
केन्याका धावक स्टेफन कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटको दुरी पार गर्दै नयाँ किर्तिमानी राखेका हुन् । यो पोखरा म्याराथनकै सबैभन्दा छोटो समयमा पार गरिएको समय हो ।
यस्तै २ मिनेट पछि परेका केन्याकै सिमिओन केप्लागातोले २ घण्टा २१ मिनेट ३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनीहरुले छैटौं संस्करणमा बनेको २ घण्टा २५ मिनेट ०१ सकेन्डको किर्तिमानी एक दशकमा तोडिदिएका हुन् । आर्मीका अर्जुन कुमार बस्नेतले राखेको किर्तिमानी भंग गर्दै स्टेफनले नयाँ किर्तिमानी कायम गरे । फोटो :बसन्त शेर्पा 

पोखरा म्याराथन सम्पन्न [ फाेटाे िफचर ]
पोखरा म्याराथन सम्पन्न [ फाेटाे िफचर ]
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




