भोलिदेखि फेरि पोखरामा रहेको फेवातालको पानी सुकाइँदै छ । बाँध बाँधेको ठाउँबाट पानी घटाउन लागिएको जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कास्कीले जानकारी गराएको हो ।
पोखरा महानगरपालिका वडा नं. १७ अन्तर्गत सिद्धार्थ राजमार्गको विरौटा चोकदेखि करिव एक सय मिटर पश्चिममा सिंचाई नहरमा पर्ने कल्भर्टलाई फराकिलो बनाउन भन्दै तालको पानी घटाउन लागिएको हो । २० सेन्टिमिटर जति बाँध खोलेर यसबाट पाँच करोड लिटर पानी घटाउन लागिएको हो ।
यसअघि पनि फेवाको बाँ’ध मर्मतका लागि तालको पानी सुकाइएको थियो । तत्कालीन समयमा सतह निकै घटेकाले पर्यटकसमेत समस्यामा परेका थिए । अहिले भने महसुस नहुने गरी बाँध खोलिने बताइएको छ । बढेको पानी फाल्ने हो । अहिले फाल्न लागेको बढी भएको पानी हो,’ आचार्य भन्छन्, ‘ड्याम बनाएपछि सतह बढेको छ । अहिले फेवाले बढी पानी होल्ड गरेको छ ।’ ठेकेदार कम्पनीलाई पनि तोकिएकै समयभित्र फाष्ट ट्रयाकमा काम गर्न कार्यालयले सूचना जारी गरेको छ ।




