पाँचदिन देखि प्रहरीको फरार सुचीमा रहेका कलाकार पल शाह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ प्रहरीको नियन्त्रणमा आएका हुन् ।उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।
कलाकार शाहविरुद जबरजस्तीकरणी र यौन दुर्व्यवहारको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पक्राउ गर्ने आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौं देखि केन्द्रीय अनुसन्धान व्यूरो सिआइबी समेत खोजीमा लागेको थियो। आज बिहान शाहले आफूले प्रहरीमा आत्मसमर्पण गर्न लागेको जानकारी दिएका थिए।




