काठमाडौं । एएफसी एसिया कप–२०२३ को तेस्रो चरण तयारीका लागि फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज बिहीबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।
थाइल्याण्डको चोनबुरीमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र थाइल्याण्ड दुबै एएफसी एसिया कप–२०२३ को तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछन् । सोही प्रतियोगितालाई मध्येनजर गर्दै मैत्रीपूर्ण खेल खेलिन लागेको हो
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डविरुद्धको खेलले एसियन कपको तेस्रो चरणमा निकै मद्दत पुग्ने बताएका छन् ।
‘यहाँको खेलबाट हामीलाई एसियन कप छनोटको तयारीमा निकै मद्दत पुग्नेछ । नेपाली टोलीको प्रशिक्षण सम्हालेयता थाइल्याण्ड आएको पहिलो पटक हो । र म यहाँको यात्राबाट सन्तुष्ट छु । र, नेपाली टोलीले प्रशिक्षणबाट पनि खुसी छु,’ अब्दुल्लाहले खेल अघि भनेका छन् ।




