पोखरा । पोखरामा स्कुल बसले स्कुटरलाई ठक्कर दिदा युवकको मृत्यु भएको छ । उक्त सवारी दुर्घटनामा मृत्यु हुने पोखरा १४ चाउथेमा बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेका छन् ।
चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग २२ प ००७ नं.को स्कुटर विजयपुरमा विपरीत दिशाबाट आउँदै गरेको ग १ क ९९६ नं.को गोल्डेन फ्युचर बोर्डिङ स्कुल बसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको हो ।
आज बिहान ५:५० बजेको समयमा पैदल यात्रीलाई स्कुटरले ठक्कर दिएपछि स्कुटर अनियन्त्रित भई स्कुल बससँग ठोकिन पुग्दा दुर्घटना भएको हो । चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको स्कुटरले ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेलाई थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले चेक जाँच गर्ने क्रममा बिहान ०६:२० बजे मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
बस ,स्कुटर र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्की जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।




