बसन्त शेर्पा, कास्की जिल्ला अदालत तोडफोड गर्ने कार्यमा संलग्न युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ्ग घर भै हाल पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँ गाउँ टुटुंगा बस्ने अन्दाजी २८ वर्षीय दावा भन्ने अर्जुन परियार रहेका छन् । दावालाई प्रहरीले कास्की जिल्ला अदालत तोडफोड गरेको आरोपमा पक्राउ गरेको हो।
लागू औ’षध सम्बन्धी मुद्दामा झन्डै २३ महिना कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताएर पांच दिन अघि मात्र छुटेका परियारले मंगलबार राती कास्की जिल्ला अ’दालतको ढोकाको ताला तोडफोड गरेको बताइएको छ। ताला तोडेर अदालतभित्र पसेका परियारले ६ मा रहेको दराज खोली लागू औ’षध एबम नगद खोजेको र नपाएपछि फर्किएको बताइएको छ।
लागू औषध सेवन गरी झ्याप भएको तालमा आफुले अदालतको ताला तोडफोड गरी दराजमा राखिएको हुन् सक्ने लागू औषध र नगदको खोजी गरेको अभियुक्त दावाले प्रहरिसमक्ष बताएका छन् ।




