हलिउड चलचित्र ‘कोडा’ ओस्कार अवार्डमा उत्कृष्ट चलचित्र घोषित भएको छ ।
यसपटक ‘द पावर अफ डग’ चलचित्रले ओस्कार जित्ने अनुमान गरिएको थियो। यद्यपी कोडाले ओस्कार उपाधि हात पारेको हो।
कोडा चलचित्र एक परिवारको कहानी हो जहाँ धेरै सदस्यले कान सुन्न सक्दैनन्। परिवारले कान सुन्ने छोरीको मद्दतमा माछा व्यापार गरेका हुन्छन्।
यसैबीच चर्चित हलिउड नायक विल स्मिथले यसवर्षको उत्कृष्ट अभिनेताको ओस्कार पाएका छन् ।
चलचित्र ‘किंग रिचर्ड’ मा स्मिथले टेनिस स्टार सेरेना विलियम्सको पिताको भूमिका निर्वाह गरेका छन् । बीबीसी




