काठमाडौं। यसैवर्ष हुने फिफा विश्वकप अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगल र नर्थ म्यासेडोनिया भिड्दैछन्।
नेपाली समयअनुसार मध्यरातको १२ बजेर ३० मिनेटमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ। यस खेलको विजेता विश्वकपका लागि छनोट हुनेछ।
दुवै टोलीले प्लेअफ अन्तर्गत सेमिफाइनलमा जित हासिल गरेका हुन्। पोर्चुगलले टर्कीमाथि ३–१ को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
त्यस्तै म्यासेडोनियाले युरोपेली च्याम्पियन इटालीलाई स्तब्ध पार्दै फाइनल भिडन्तमा स्थान बनाएको हो। इटाली इन्ज्युरी समयमा गोल खाएपछि १–० को हार बेहोर्दै विश्वकप पुग्नबाट बन्चित भएको थियो।




