कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा १ सिमपानी बस्ने वर्ष ३६ को चित्र कुमार लागू औषधसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा वडा नं.४ स्थित जिल्ला महोत्तरी बर्दिबास घर भइ हाल जिल्ला कास्की पोखरा १ सिमपानी बस्ने वर्ष ३६ को चित्र कुमार मर्साङ्रगीको साथबाट लागू औषध डाईजापाम (६२ एम्पुल, फेनेरागन(६९ एम्पुल र नुर्फिन–३८ एम्पुल गरी जम्मा(१६९ एम्पुल लागू औषध बरामद भएको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।




