बागलुङबाट एउटा अटोमेटिक पेस्तोलसहित एक जना युवा पक्राउ परेका छन्।
बागलुङ बडिगाड गाउँपालिका ५ ग्वालिचौर बस्ने वर्ष ४० को श्याम बहादुर रेग्मी अटोमेटिक पेस्तोलसहित पक्राउ परेका हुन्। अभियुक्त रेग्मीको साथबाट Made in Japan लेखेको एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एउटा म्यागाजिन र चार थान गोली समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
यस सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।




