पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन्।
उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कु’टपि’ट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन्।
मन्त्री गुरुङले मंगलबार हिजो शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन् । जानकारी अनुसार फाइल लिएर कार्यकक्षमा पुगेका मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई मन्त्री गुरुङले हातपात गरेका हुन् ।




