पोखरा । कांग्रेस कार्यकर्ताहरुले पोखराको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै कास्की जिल्ला पदाधिकारीलाई थुनिदिएका छन् ।
गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई उम्मेदवार बनाइएपछि कांग्रेस कार्यकर्ताहरु आन्दोलित बनेका थिए । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पाउनुपर्ने भन्दै जिल्लाका पदाधिकारीहरुलाई कार्य कक्षमै थुनिदिएको जिल्ला सभापति किशोरदत्त बरालले जानकारी दिए ।
“पार्टी कार्यालयमा चुनावको विषयमा लिएर बैठक चलिरहेको थियो । बाहिर आ’न्दोलन गरिरहेका वडा सभापति र कांग्रेसका क्रियाशिल कार्यकताहरुले बैठक कक्षको प्रवेशद्वारमा साँचो लगाइदिका छन्,” सभापति बरालले भने, “१ घण्टादेखि हामी ३५÷३६ जनाको बैठक हलमै थुनिएका छौं ।”




