काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिएका हुन् । बागी उम्मेदवारहरूलाई आज बेलुका ५ बजेभित्र दर्ता गराइएको उम्मेदवारी फिर्ता लिन पनि निर्देशन दिइएको छ ।
‘२०७९ बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरेरगराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय ९आज वैशाख १६ गते शुक्रबार विहान १० बजेदेखि ५ बजेसम्म० उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’विज्ञप्तीमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ ९१३० ९ग० बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराईन्छ ।’




