जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन आचारसंहिता शुरु हुनु अगावै सर्वसाधारणलाई आफुसंग भएका बैध तथा अबैध दुवै खालका हतियार बुझाउन ३५ दिने सुचना जारी गर्यो। तर निर्धारित समयमा कसैले प्रशासनमा बन्दुक बुझाएनन्। पर्यटकीय गाउँ घान्द्रुक जाने बाटो नजिक बिहीबार एउटा बन्दुक बेवारिशे अवस्थामा फेला परेको छ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भै चुनाब प्रचार प्रसारको कार्य भैरहेका बेला कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ८ बिरेठाटी बासगरास्थित पाटे भिरको जंगलमा वेवारिसे अवस्थामा रहेको बाह्रबोर बन्दुक एक थान बिहीबार दिउँसो बेवारिशे अवस्थामा बरामद गरेको हो ।
उक्त स्थानामा बन्दुक रहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी बिरेठाटीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
उक्त भरुवा बन्दुक कसले किन राखेको हो भन्ने बारेमा कुनै कारण नखुलेको प्रहरीले बताएको छ।




