म्यानचेस्टर सिटी शनिबार राति भएको खेलमा लिडस् युनाईटेडलाई ४–० गोलअन्तरले हराउंदै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिड्सको मैदानमा सिटीलाई जित दिलाउन रोड्री, नाथन एके,ग्राबियल जिसस र फर्नान्डिन्होले एक–एक गोल गरे ।
खेलको १३ औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा नाथनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७८ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए । खेलको इन्जयूरी समयमा फेर्नान्डिन्होले गोल गर्दै सिटीलाई ४–० को जित दिलाए । जितसँगै सिटीले ३४ खेलमा ८३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लेको छ । पराजित लिड्स ३४ अंक जोडेर १७ औं स्थानमा छ ।
लिडस् युनाईटेडलाई ४–० गोलअन्तरले हराउंदै शीर्ष स्थानमा सिटी
लिडस् युनाईटेडलाई ४–० गोलअन्तरले हराउंदै शीर्ष स्थानमा सिटी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




