पोखरा । बाबु छोरीको ज्यान जाने गरी कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका वडा नम्बर ४ लेवाडेस्थित पोखरा बागलुङ्ग राजमार्गमा भएको सवारी दुर्घटना पश्चात भागेका कार चालक काठमाण्डौबाट पक्राउ परेका छन्।
पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं.१ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेर पोखरा ल्याएको छ । उनले चलाएको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिंदा मोटरसाइकल चालक पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ का ४५ वर्षीय जितबहादुर पुन र उनकी छोरी १८ वर्षीया सबिना पुनको मृत्यु भएको थियो। छोरी सविनाको घटनास्थलमा नै र बाबु जित बहादुर पुनको पोखराको मेट्रोसिटि हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।




