• समाचार
  • राजनीति
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • आर्थिक
  • साहित्य
  • जीवनशैली
  • भिडियो
  • थप
    • प्रविधि
    • विज्ञान प्रविधि
×
   आइतबार, भदौ २१, २०८३ | Sunday 6th September 2026
☰
    • समाचार
    • राजनीति
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • आर्थिक
    • साहित्य
    • जीवनशैली
    • भिडियो
    • थप
      • प्रविधि
      • विज्ञान प्रविधि

ताजा अपडेट

युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
  • १ दिन अगाडि

राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
  • १ दिन अगाडि

मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
  • १ दिन अगाडि

तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु
  • १ दिन अगाडि

विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने
  • ३ दिन अगाडि

मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने
  • ४ दिन अगाडि

कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग
  • ४ दिन अगाडि

रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार
  • १ हप्ता अगाडि

नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा
  • १ हप्ता अगाडि

चर्चित

१५ नं वडाका एमाले उम्मेदवारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना

  •  संवाददाता
  • शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement

    पोखरा,२४ वैशाख लक्ष्मी टोल विकास समिति तथा लक्ष्मी टोल आमा समुहले १५ नं वडाका एमाले उम्मेदवारसँग स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ।

    लक्ष्मी मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा टोल विकास समिति र आमा समुहका महिला दिदीबहिनीहरुले उम्मेदवारसहितको टोलीलाई माला र टिका लगाएर स्वागत गरेका छन्।

    कार्यक्रममा बोल्दै लक्ष्मी टोल आमा समुहकी अध्यक्ष तत् देवी पुनले ५ वर्ष अगाडि एमालेका उम्मेदवारलाई घरदैलोका क्रममा यहि मन्दिर परिसरमा स्वागत गर्दै टोलमा खानेपानी, बिजुली र सडकको समस्याबारे ध्यानाकर्षण गराएकोमा आज ती प्रतिबद्धताहरु पूरा गरेको बताइन्। पुनले अहिले उम्मेदवारी दिएका उम्मेदवारहरु पनि समाज सेवा हुँदै विभिन्न क्षेत्रमा काम गरिसकेको अनुभवी, क्षमतावान र युवा नेतृत्व सहितको टिम भएकाले उहाँहरुलाई भोट दिएर निर्वाचित गराउन सबैलाई आग्रह गरिन्। उनले जात रङ्गभेद तथा पार्टीका आधारमा भन्दा पनि व्यक्तिको योग्यता र क्षमताको आधारमा भोट दिनुपर्नेमा टोलवासीलाई सचेत गराइन्। अझैपनि टोल विकासमा गर्नुपर्ने केही कामहरु रहेको भन्दै जनघनत्व अनुरुप खानेपानीको पाईप सानो भएकाले ठूलो साईजको पाईप, सडकमा सोलर बत्ती, सिसि क्यामेरा, इन्द्रेणी मार्गको सडक स्तरोन्नति र लक्ष्मी टोलको सडकमा ठूलो नालीको आवश्यकता रहेको बताइन्।

    स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षका प्रत्यासी तोरण बानियाँले टोल विकास र आमा समुहबीच प्रतिबद्धता जाहेर गर्ने मौका दिएकोमा सबैलाई धन्यवाद दिए। बानियाँले विगतमा सामाजिक सेवाको रुपमा कार्य गर्दैगर्दा आफूपनि यस टोलमा सहयोगीको रुपमा जोडिने अवसर पाएको बताए। उनले १५ नं वडाको नेतृत्व गर्ने अभियानमा हिंडिरहेको अवस्थामा टोलवासी तथा आमा दिदी बहिनीहरुको साथ, समर्थन र सहयोगले आउने निर्वाचनमा जित्छु भन्नेमा आशावादी रहेको बताए।

    बानियाँले जीत पश्चात १५ नं वडाको समग्र विकास र परिवर्तनका लागि महिला उधमशिलता, युवा स्वरोजगार, कृषि, शिक्षा लगायत पूर्वाधारको क्षेत्रमा वडावासीसँग हातेमालो गर्दै एकपछि एक गर्दै प्रतिबद्धताहरु पूरा गर्ने विश्वाश लिए। मेयर उपमेयरसहित आफूहरु पाँचैजनालाई मतदान गर्न आग्रह गर्दै बानियाँले विकासका सवालमा शाशक नभई सेवकको रुपमा काम गर्ने जिकिर गरे।

    यस्तै, जिल्ला कमिटि इन्चार्ज तथा वर्तमान वडा अध्यक्ष प्रकाश पौडेलले २०७४ सालमा वडावासीको माया र विश्वासले निर्वाचित भएको स्मरण गर्दै सिमित स्रोत र साधनका बाबजुद पनि गरिएका प्रतिद्वताको झन्डै ८० प्रतिशत काम सम्पन्न गर्न सफल भएको दाबी गरे। ’हाम्रो वडा राम्रो वडा’ बनाउने अभियानमा यहाँका स्थानीय टोल विकास संस्था, आमा समुह, अगुवा, नागरिक समाज तथा विकासप्रेमी व्यक्तित्वहरु सँग सहकार्य गरेर अगाडि बढिरहेको उनको भनाई थियो। वडा नं १५ लाई महानगरका ३३ वटै वडा मध्ये नमुना वडा, सुन्दर वडा र विकसित वडा बनाउने अभियानलाई साकार पार्न लक्ष्मी टोल विकास क्षेत्रभित्र बसोवास गर्ने सबैले विगतका दिनमा जस्तै यसपाली पनि नेकपा एमालेलाई मतदान गर्नेमा उनको विश्वास थियो ।

    कार्यक्रमलाई समापन गर्दै टोल विकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले ५ वर्षलाई मुल्याङ्कन गर्दा वर्तमान वडा अध्यक्ष पौडेलले विकासका सवालमा अमिट छाप छोडेको प्रतिक्रिया दिए। काम गर्ने क्रममा ’पार्टी नभई जनता’ भनेर सहकार्य गरी अगाडि बढेको भन्दै गुरुङले पौडेलको प्रशंसा गरे । गुरुङले अहिलेपनि प्रिय, सक्षम र होनाहार उम्मेदवारहरु नेतृत्व लिन अगाडि बढेको र यो नेतृत्वबाट वडामा अझ विकासका कार्यहरु गर्नुपर्ने भन्दै सबैले भोट दिएर उनीहरुलाई निर्वाचित गराउनुपर्नेमा जोड दिए। गुरुङले अगाडि भने – “बैशाख ३० गतेका दिन मतदान केन्द्रमा गएर स्वस्तिक छाप लिनुस्, बिर्सनु भयो, आकास तीर फर्किएर मतपत्रको माथि रहेको सूर्य चिन्हमा छाप लगाउनुस्।“

    उनले पाँचै उम्मेदवारलाई भारी मतले बिजयी गराउनेमा विश्वस्त रहन आग्रह गरे।

    शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना
    राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने
    मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने
    • भर्खरै
    • चर्चित
    • १.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    • २.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ३.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ४.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ५.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • ६.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ७.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ८.
      रसुवा–त्रिशूली विपद्मा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ४ हजार ४५१ जनाको उद्धार

    • ९.
      नेपाली फाइटर रवीन्द्र ढाँट ‘रोड टु यूएफसी’को फाइनलमा

    • १०.
      द फायर ग्याङ’ भन्दै व्यवसायीलाई धम्क्याएर रकम माग्ने दुई जना पक्राउ

    • १.
      विद्यालय स्तरीय फुटसल प्रतियोगिता विजेताले पचपन्न हजार पाउने

    • २.
      मिडिया कप’मा एनएसजेएफका सदस्य सहभागी हुन पाउने

    • ३.
      कस्केली अधिकृत समाजद्वारा बाढी पीडितका लागि ५१ हजार १११ रुपैयाँ सहयोग

    • ४.
      राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने

    • ५.
      तेस्रो रेवान पोखरा भेट्रान्स सिङ्गल एण्ड डबल्स टेनिस प्रतियोगिता सुरु

    • ६.
      मिडिया कप फुटसल’को तयारी तीब्र, जुनसुकै जिल्लाका पत्रकार खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने

    • ७.
      युनाइटेड क्लबको १७ औं साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न अध्यक्षमा गणेश तिमिल्सिना

    Advertisement
    Advertisement
    Advertisement

    हाम्रो बारेमा

    शेर्पा मल्टीमिडिया प्रा.लि.
    पोखरा-९ नयाँबजार गण्डकी

    सूचना विभाग दर्ता नं.
    २५३५/२०७७-७८

    हाम्रो टीम

    अध्यक्ष
    बाशु शेर्पा

    सम्पादक
    सन्जय श्रेष्ठ

    फोटो/सम्वाददाता
    बस बहादुर शेर्पा

    सम्वाददाता
    तारा थापा मगर

    सम्पर्क

    फोन नम्बर
    9856032787

    ई-मेल
    sarokardainik01@gmail.com

    Copyright ©2026 Sarokar Dainik | All rights Reserved.
     Website By :  nwTech.