स्याङ्ग्जा,फेदीखोला स्थानचौरमा अवस्थित श्री महेन्द्र जनसहयोग आधारभूत विद्यालयको पर्वतारोही,जापानीज नागरिक नोगुची केनद्वारा समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर गोदारको अध्यक्षता,Peak Aid, Ken Noguchi’s Foundation Japan का अध्यक्ष नोगुची केनको प्रमुख आतिथ्यता रहेकाे िथयाे ।

एक करोड पचास लाख लगानीमा विध्यालय मर्मत, बालकक्षा, पुस्तकालय र प्रदर्शनी कक्षको निर्माण,फर्निचर व्यवस्थापन,विद्यालय हाता घेराबार आदि जस्ता कार्यहरू आधुनिक तरीकाले जापानीज शैलीमा निर्माण गरिएको छ। स्याङ्ग्जा जिल्ला अथवा भनौं नेपालकै आकर्षक नमूना विद्यालय बिद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ । कार्यक्रममा प्रमुख अतिथि पर्वतारोही, शिक्षा प्रेमी, समाजसेवी, जापान नागरिक नोगुची केनले सन् २०१४ देखि फुजी हिमाल सरसफाई कार्यक्रम, जापानका भुकम्प प्रभावित क्षेत्रहरूमा सहयोग, नेपालका विध्यालयहरूमा स्कुल ब्यागहरू हालसम्म २,५०० वटा वितरण गरिरहेका गोदार उपकार थापाको अनुरोधमा यस विद्यालयको जीर्ण भवनको मर्मत,निर्माण गर्न र शैक्षिक गुणस्तर वृद्धि गर्न हामीले मिलेर साझेदारी कार्यक्रम सञ्चालन गरेका थियौं।आगामी दिनमा पनि सधैं संगै रही काम गर्ने प्रतिबद्धता
व्यक्त गर्नुभएको थियो।



















कार्यव्यस्तताका कारण अनुपस्थीत उपकार अनलाईन मार्फत सहभागीता जनाएका थिए। प्रधानाध्यापक दिपक सुवेदीले स्वागत गरेको उक्त कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने शिक्षा प्रेमी महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन पार्वती कार्कीले गर्नु भएको थियो । कार्यक्रममा भलिबल प्रतियोगिता, कराँते खेल प्रदर्शनी र कक्षा अवलोकन तथा निरीक्षण समेत गरिएको थियो।शिक्षक,बिद्यार्थी,अभिभावकले आफ्नो कुराहरू राखेको कार्यक्रममा अध्यक्ष गोदारले विद्यालयका आगामी योजना,जापानीज शैलीमा कक्षा सञ्चालन र शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने भनाइ सहित कार्यक्रमको समापन गरेका थिए ।




