तनहुँ, आँबु खैरेनीबाट अर्कैको नाममा भोट हाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्कैको नाममा भोट हाल्ने एक महिलालाई पोखरामा एक सय रुपियाँ जरिवाना गरी छाडिएको छ।
प्राप्त जानकारी अनुसार, पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित घरेलु चौरमा अर्कैको नाममा भोट हाल्न खोज्ने रचना भट्टराईलाई एकसय रुपियाँ जन्रिवाना गरेर छाडिएको छ । उता अर्काको नाममा भोट हाल्न खोज्ने दुई जनालाई प्रहरीले तनहुँको आँबु खैरेनीबाट पक्राउ गरेको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं.१ को मित्रता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अर्काको नामबाट मतदान गर्न आएका आँबुखैरनी १ का नविन दवाडी र अरुण गुरुङ रहेको तनहुँ प्रहरीले जनाएको छ ।
मतदान केन्द्रमा अर्के व्यक्तिको मतदाता परिचय पत्र बोकेर आएका उनीहरुको नाम रुजु गर्ने समयमा नमिलेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




