युक्रेनले भूभाग त्यागेर रुससँग कुनै युद्धविराम सम्झौता नगर्ने जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीले जारी युद्ध कूटनीतिबाट मात्र सुल्झाउन सकिने अभिव्यक्ति दिएको एक दिनपछि युक्रेनले स्पष्ट रूपमा आफ्नो कडा अडान प्रस्तुत गरेको हो।
राष्ट्रपतिका एकजना सल्लाहकारले युक्रेनको भूभाग छोड्न पर्ने गरी युद्धविराम गर्ने प्रयासले अझ ठूलो र रक्तपातपूर्ण रुसी हस्तक्षेप ल्याउने बताएका छन्।
युक्रेनी फौजको प्रतिरोधकाबीच रुसले पूर्वी युक्रेनमा रहेको सेभरोडोनेस्क घेर्ने प्रयास गरिरहँदा युक्रेनको भनाइ आएको हो।
यसैबीच पोल्यान्डका राष्ट्रपति आन्द्रे डुडा किएभको संसद्मा उभिएर सम्बोधन गर्ने पहिलो विदेशी नेता बनेका छन्।
उनले युक्रेनी जनता स्वयंले मात्र आफ्नो भविष्य निर्धारण गर्नसक्ने बताउँदा युक्रेनी सांसदहरूले उठेर समर्थन जनाएका थिए।
उनले युरोपेली सङ्घ ईयूमा युक्रेन आबद्ध हुनका लागि पोल्यान्डले सबैखाले सहयोग गर्ने बताएका छन्।