पेनिस क्लब रियल मड्रिडले यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१ र २२ को उपाधि जितेको छ ।
फ्रान्सको पेरिसमा शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै रियल च्याम्पियन बनेको हो ।
स्टेट डे फ्रान्स स्टेडियममा रियललाई जित दिलाउन भिनिसियस जुनियरले निर्णायक गोल गरे । खेलको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा जुनियरले गोल गरे ।
यससँगै रियल कीर्तिमानी १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । रियलले पछिल्लो पटक २०१८ मा च्याम्पियन्स लिग जितेको थियो । लिभरपुलको भने सातौं पटक उपाधि जित्ने लक्ष्य अपुरो भएको छ ।




