पोखरा । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला परेको छ ।
पोखराको दोबिल्लामा रहेको फुस्रे खोलामा पौडी खेल्ने क्रममा स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ शनिबारको दिउसोबाट बेपत्ता भएका थिए । बेपत्ता भएका गुरुङको शव सोमबार बिहान साढे ८ बजे पोखरा महानगरपालिका (३३ मुसीटुडा भन्ने ठाउमा पानीमा तैरिहरेको अबस्थामा फेला परेको हो । ।
फुस्रे खोलामा पौडी खेल्न ७ जना गएकोमा गुरुङलाई खोलाले बगाएर बेपत्ता भएका थिए । बेपत्ता गुरुङको खोजि गर्न नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना मिलेर खोजी कार्य गरेको थियो । मृतक गुरुङका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरिसकेका छन् ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला
पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव फेला
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




