पोखरामा,५ असोजदेखि माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेकवान्दो प्रतियोगिता हुने भएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो।
नेपाल तेक्वान्दो संघको आयोजनामा हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ। कोभिड(१९ का कारण प्रभावित बनेको प्रतियोगिता पहिलो पटक पोखरामा हुन लागेको हो। गत वर्ष गण्डकी प्रदेशमै गर्ने भनिएपछि कोभिडका कारण रोकिएको थियो।
विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० बढी खेलाडी, रेफ्री, अफिसियल र उनीहरूका परिवारसहित दुई हजारभन्दा बढी विदेशी खेलाडी पोखरा आउने अनुमान गरिएको छ।
प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ।
प्रतियोगिता सम्पन्न गर्न दुई करोडभन्दा बढी लाग्ने मूल आयोजक समितिका सदस्य सचिव जगनबहादुर गुरुङले जानकारी दिए।
विश्व तेक्वान्दो संघले मान्यता दिएको ७२ खेल खेलाइने भएकोले सहभागी संख्या अझै बढ्न सक्ने बताइएको छ।




