काठमाडौँ,नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२–१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ ।
यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।
यससँगै पेट्रोलको मूूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ ।




