मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भइ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१७ घारीपाटन बसोबास गर्ने करिब ४० वर्षीय कृष्णबहादुर राना मगर रहेका छन् । मगरको आज दिउसो निर्माणाधीन घरमा काम गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।
मगरले पोखरा महानगरपालिका वडा नं.५ प्रस्याङ खुँडेपोखरी नजिकै रहेको निर्माणाधीन घरमा रङ लगाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।




