स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ८४४ जनामा गरिएको परीक्षणमध्ये आज २६० जनामा सङ्क्रमण देखिएको हो।
घसक्रिय सङ्क्रमितको सङ्ख्या ११७१ जना रहेका छन्। विगत २४ घण्टामा ४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्।
योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ। निको हुने दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।




